Rule 43
बढुवाको मापदण्ड र प्रक्रिया
: (१) बढुवा समितिले सशस्त्र प्रहरी कर्मचारीलाई बढुवाको लागि सिफारिस गर्दा कार्यक्षमताको मूल्याङ्कनको आधारमा गर्नु पर्नेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीको कार्यक्षमताको मूल्याङ्कनको कूल अङ्कको विभाजन देहाय बमोजिम हुनेछ :–
(क) कार्य सम्पादन मूल्याङ्कन वापत – चालीस अङ्क
(ख) ज्येष्ठता वापत – बीस अङ्क
(ग) भौगोलिक क्षेत्रमा काम गरे बापत – आठ अङ्क
(घ) शैक्षिक योग्यता वापत – सात अङ्क
(ङ) तालीम वापत – तेह्र अङ्क
(च) चुनौतिपूर्ण÷विशेष जिम्मेवारी बापत – पाँच अङ्क
(छ) बिभुषण (मानपदवी, अलङ्कार र पदक) वापत – दुई अङ्क
(ज) बढुवा समितिले दिने अङ्क वापत – पाँच अङ्क